And Now For The Wannabe Film Makers

And Now For The Wannabe Film Makers


छ्या नेपाली फिल्म भन्नेहरु र नेपाली फिल्मलाई गाली गर्नेहरुको भिडमा एउटा सानो जमात देखापर्न थालेका छन् ।  फिल्म बनाउन चाहनेहरु, फिल्म क्षेत्रमा लाग्न चाहनेहरु.. WANNABE FILM MAKERS.

तर दुखको कुरा नेपालमा आफुले खोजेको स्तरको फिल्मबारे पढाई नहुने हुदाँ र विदेश गएर पढ्न पैसाले नभ्याउनेले गर्दा कति दिक्क छन् । कति INTERNETमा एउटा सानो कुराको बारेमा खोज्न  घण्टौ‌ लाग्दा पैसा र समय बगेको देखेर हैरान छन् । त  कति क्यामेरा किन्ने पैसा नभएर हरेस खान थालेका छन् ।

यस्तै बन्न चाहने, बनाउन चाहनेहरुको लागि www.saathisangi.com सुरु भएको छ । INTERNET जस्तो ठूलो स‌जालमा जताततै छरिएका विभिन्न किसिमका प्रशिक्षणका भिडियोहरुबाट स्तिरए र बुझ्न सजिलो हुनेहरुलाई यस वेबसाईटमा सरल तरिकाले राखिएका छन् । हाल सुरुवातमा FILM MAKING को बारेका समाग्रीहरु मात्र देखिएतापनि, भविष्यमा यसमा विभिन्न क्षेत्र जस्तै PHOTOGRAPHY, FASHION DESIGN, GRAPHIC DESIGN जस्ताका समाग्रीहरु पनि राखिने छन् ।

यस वेबसाईट मार्फत तँपाईले समाग्रीहरु मात्र खोज्ने होईन कि आफुलाई राम्रा लागेका भिडियो सामग्रीहरु अरुमाझ पनि पुर्याउन सक्नुहन्छ ।

आउनुहोस् फिल्म बनाउन इच्छुक हुनुहुन्छ भने एकअर्कालाई जान्न र सिक्न सजिलो बनाउँ ।

Let Learning Be Easy
जय नेपाल ।

0 comments:

VYC via SMS

Send Us the Track

Send me your track