मेह्बूब आलम र अबको बाटो

मेह्बूब आलम र अबको बाटो

- बिराट राय
नेपाली क्रिकेट थाहा नभएकाहरुलाइ समेत मेहबुब आलमको नाम थाहा छ l एक समय थियो उनि नेपाली टिम भन्दा पनि माथिका खेलाडी थिए l मलाई अहिले सम्म पनि याद छ डिभिजन-५ , २०१० हेर्दाको ति दृश्यहरु l मेह्बूब आलम जब बलिंग गर्न आउथे उनको नाम मैदानमा गुन्जन्थ्यो , उनि बलिंग गर्न दौडदा मेह्बूब-मेह्बूब भनि दर्शकहरुको उच्चाहट उत्कर्षमा हुन्थ्यो , यस्तो लाग्थ्यो मेह्बूबले प्रत्यक बलमा विकेटनै झार्छन कि ?
हो बलिंग मात्रै हैन ब्याटिंगमा पनि उनको माग त्यस्तै थियो , उनि ब्याटिंग गर्दै गर्दा दर्शकहरु प्रत्यक बलमा छक्का र चौकाको माग गर्थे l मेह्बूबको क्रेज अहिले सम्म पनि उस्तै छ l
डिभिजन-४ २०१० , एसिसि टि-२० र डिभिजन-३ क्रिकेट को तयारीको लागि जब नेपाली प्रारम्भिक ( ३७ सदस्यीय ) टोलीको घोसणा गर्यो , त्यतिबेला सबैको आँखाले एउटै नाम खोजिरहेका थिए , मेह्बूब-मेह्बूब l तर विगत डिभिजन-४ र एसीसी ट्रफीमा झैँ यसपाली पनि उनका समर्थकहरुमा निराश हुनु बाहेक अरु विकल्प थिएन l
उनको नाम नदेख्ने बितिकै सोसल मिडियाहरुमा असन्तुस्टीका शब्दहरुको लामै लर्को लाग्यो , सबैको प्रश्न एउटै थियो , खै मेह्बूबको नाम ? किन छैनन् मेह्बूब ? 
पक्कै पनि त्यो जायज थियो , एकदिबसिया क्रिकेटमा एकै इन्निंगमा १० विकेट एक्लैले लिएर बिश्व क्रिकेटमै सनसनी मचाएका ई खेलाडीको प्रदर्शन हेर्न कायल हुनेहरु बाट त्यो माग अनौठो अवस्य हैन l 
Mehboob Alam with his Fans ( ACC T20 ,2011 ) 

टि-२० विश्वकप छनौट २०१२ पछि नेपाली टोलीमा स्थान बनाउन असफल मेह्बूब आलम टोलीमा नपर्नुको कारण उनको खराब प्रदर्शन र फिटनेस भनिन्छ तर त्यतिलाइ मात्रै स्टार मेह्बूब आलमलाई टिम बाहिर हुनुको उचित जवाफको रुपमा पक्कै लिन सकिदैन l एउटै प्रतियोगिताको खराब फर्मको आधारमा नेपाली टोलीका प्रमुख खेलाडीलाई बाहिर राख्नु मात्र मेह्बूबलाइ टोलीमा नराख्नु पक्कै पनि न्यायसंगत देखिदैन l
घरेलु क्रिकेट निकै कम हुने नेपालमा खेलाडीहरुले आफ्नो प्रदर्शन देखाउने अवसर निकै कम पाउने गर्दछन त्यसबाहेक आफुलाई प्रमाणित गर्ने अवसर सुन्यनै छ भन्दा फरक पर्दैन l मेह्बूब आलमले टि-२० विश्वकप छनौट पछि खेल्ने पाएनन् उनलाई पूर्णरुपमा तिरस्कार गरियो प्रारम्भिक क्याम्पमानै राख्न जरुरि ठानेनन उनलाई l टि-२० विश्वकप छनौट पछि नेपालले लगत्तै डिभिजन-४ र एसीसी ट्रफी खेल्यो जसमा नेपालले ठुलो सफलता हात पार्यो जसमा मेह्बूब आलम थिएनन् र उनको आवस्यकता पनि खासै महसुस भएन l
कोच पुबुदु दासानायकेको नेपाली क्रिकेटमा आगमन पश्चात नेपाली क्रिकेटको स्तरमा मात्रै हैन , नेपाली क्रिकेट खेलाडीहरुलाई ब्यबसायिक बानीको विकास गर्ने कममा समेत उन्नति भएको छ l दासानायेकेले एउटा अन्तरबार्तामा भनेका थिए " पुरानो रेकर्डको मलाई मतलब छैन , वर्तमानको प्रदर्शन महत्वपूर्ण छ " l हो कोच पुबुदु नेपाली टोलीमा यस्ता खेलाडी चाहन्छन जो बिगत हैन वर्तमानको आधारमा नेपालको प्रतिनिधित्व गर्न लायक होस् र उनको लागि खेलाडीको वर्तमान प्रदर्शन मात्रै हैन , उनको खेल प्रतिको लगाब , लगन , मेहनत , क्षमता चाहन्छन l 
Mehboob Alam The earliest bowler to take all 10 wickets in an ICC international cricket match with limited overs was Mehboob Alam (Nepal) for Nepal against Mozambique in Jersey, UK, on 25 May 2008. The match was contested as part of the 2008 ICC World Cricket League Division V competition.
 नेपाली दर्शकहरु हामी धेरै भावनात्मक छौ तर ठिक उल्टो पुबुदु ब्यबसायिक छन जसमा भावना हैन वर्तमानले ठुलो महत्व राख्छ l कोच दासानायकेले नेपाली टोलीको जिम्मा लिदै सोचेका थिए नेपाली क्रिकेटको आमुल परिवर्तन र उज्ज्वल भबिश्व जसलाई साकार पर्न केहि तिलान्जलीहरु आवस्यक थियो l
पुबुदुको आगमन पश्चात खेलिएको पहिलो प्रतियोगितामा टोलीमा परेका नेपाली टोलीका तत्कालिल प्रमुख खेलाडी विकेट-किपर ब्याट्सम्यान महेश क्षेत्री त्यसपश्चात नेपाली टोलीमा कहिले अटाएनन् , एसीसी टि-२० पछि , टि-२० विश्वकप छनौटमा पूर्व-कप्तान तथा प्रमुख आक्रामक बलर बिनोद दासलाई टोलिमा स्थान दिइएन र मेह्बूब पनि अर्का उदाहरण हुन् जसको बिगतलाई कोच दासानायकेले हेरेनन् l महेश क्षेत्रीले त्यसपश्चात कहिले टोलीमा आफ्नो स्थान बनाउन सकेनन भने बिनोद दासले डिभिजन-४ मा आफ्नो स्थान पुनः प्राप्त गरे अनि मेह्बूब आलम टोलिमा फर्कने कुनै छनक देखिदैन l
कोच दासानायकेका अनुसार उनको फिटनेस र खराब फिल्डिंग टोलीमा नरहनु को कारण हो भने पछिल्लो समयमा कुममा समस्याका कारण बलिंग गर्न नसक्नु झन् ठुलो कारण l
बलिंग अलराउण्डर मेह्बूबले २०१२ को विश्वकप छनौट प्रतियोगितामा ब्याट्सम्यानको रुपमा खेलेका थिए जुन प्रतियोगितामा खेलेको ७ खेलमा उनले मात्र ३४ रन बनाउन सकेका थिए भने , उनले मात्र ४ खेलमा बलिंग गरि मात्र १ विकेट लिएका थिए l उक्त प्रतियोगिताको १ खेलमा ४ ओभर बलिंग गरेका उनले अरु खेलमा मात्र १ ओभर बलिंग गरेका थिए l
बलिंग क्षेमतामा कमि र ब्याटिंगमा पनि आफ्नो धार कम्जोर भए पछि उनलाई नेपाली टोलीमा राख्ने आधार गुमेको विश्लेषकहरु बताउछन l यसैमहिना सम्पन्न रास्ट्रिय प्रतियोगितामा पनि मेह्बूबले निकै कम मात्रै बलिंग गरेका थिए भने ब्याटिंगमा पनि कुनै चमक देखाउन असफल रहे , उनको प्रदर्शन औषत् बाट माथि उठ्न सकेन l
मेह्बूब अब नेपाली टोलीमा नफर्कने अनुमान धेरैले लगाउन थाली सकेका छन l श्रोतका अनुसार मान्ने हो भने उनि टोलीमा नरहनुको कारण उनको आचरण पनि रहेको छ , आफ्नो स्टार छबि उन्म हाबी हुनु पनि उनलाई टोलीमा स्थान नदिनुको कारण हो l रास्ट्रिय प्रतियोगितामा नेपाली रास्ट्रिय खेलाडीहरुले भरिपूर्ण एपिएफ क्लब बाट नखेल्नुले पनि त्यो कारणमा बल पुगेको छ l 
सोसल मिडियाहरुमा महबुब को केहि समय अघि देखिको क्रियाकालापले झनै उनलाई विवादमा धकेलेको छ भने उनमा अब नेपाली टोलीमा फर्कन्छु भन्ने आत्मविश्वास पनि नरहेको पुस्टि हुन्छ l
केहि हफ्ता अगाडीको उनले फेसबुक ग्रुप " नेपाली क्रिकेट फ्याँस अन फेसबुक " मा गरेको कमेन्टले उनलाई निकै बिबादित र फ्यानहरुलाइ पनि खल्लो महसुस गरायो l
" म नेपाली क्रिकेट टिमको लागि खेल्न चाहदिन " उनले यो कमेन्ट गरे पछि उनका समर्थकहरुमा रहेको उनि प्रति रहेको सहानुभूति कम हुनुको साथै उनको निराशा बढेको भान हुने गर्थ्यो l
दशक भन्दा बढी नेपाली क्रिकेट टोलिमा रही नेपालको नाम चम्काउन महत्वपूर्ण भूमिका खेलेका मेह्बूब आलमले लाखौ नेपालीहरुलाई थुप्रै पटक खुसि हुने र शिर उठाउने बातावरण बनाएका छन l नेपाली क्रिकेटको यो अवस्था र लोकप्रियतामा मेह्बूब आलमको ठुलो हात रहेको छ l
राजविराजको निकै पिछडिएको ठाउँ बाट आफ्नो संघर्ष थालेका मेह्बुब आलमले नेपाली रास्ट्रिय क्रिकेट टोलीमा प्रतिनिधित्व गर्न र देशको लागि गरेको योगदानको कुनै मूल्य हुन सक्दैन र उनको प्रतिस्थापन गर्ने अरु खेलाडी अब नेपाली क्रिकेटले पाउने छैन l
हरेक खेलाडीको जीवनमा एउटा त्यस्तो दिन सायद कसैको चाहना हुँदैन तर स्वीकार गर्ने पर्ने बाध्यता l क्रिकेट खेलनै आफ्नो सर्वस्व भएका महबुब आलमका लागि पनि बिगत केहि समय निकै अफ्टेरो रहेको कुरा कसैको सामु लुकेको छैन l जुन चिजलाइनै उनले आफ्नो जीवन बनाए , जुन चिजको लागि आफ्नो सर्वस्व सुम्पिय आज त्यही कुरा बाट उनि टाढा बस्नु उनको लागि कति मुस्किल होला ?
हो फेसबुकको भित्तामा लेखिएका उनका तिता अभिव्यक्तिहरु त्यसैको परिणाम हो l
Mehboob Alam about his selection , posted in the FB group " Nepali Cricket Fans on Facebook "
 सबै कुरा संधै सबैको साथमा हुँदैन l मेह्बूब संग केहि बर्ष अगाडी जे थियो जसको लागि सबैले उनको वाहवाहि गर्थे त्यो शक्ति आज उनि संग छैन जुन कुरा उनले पनि स्वीकार्न सक्नु पर्दछ l उनलाई जति इज्जत सायदै अरु कुनै नेपाली क्रिकेट खेलाडीलाइ दिईएको छ , उनलाई जति माया सायदै अरु कसैलाई माया गर्छन नेपाली क्रिकेट प्रेमीहरु र मेह्बूबले भुल्नु हुँदैन कि त्यो माया कहिले पनि घट्ने छैन l उनि प्रतिको सम्मान अनवरत रहने छ , त्यो टुट्ला भन्ने भ्रम उनले पाल्नु हुँदैन l    
नेपाल क्रिकेट संघले पनि मेह्बूब आलमको मनोभावना बुझ्नु पर्छ l उनको मनस्थिति बुझेर क्रिकेट संघले अब निर्णय गर्नु ढिला गर्नु हुन्दैन , जसका लागि उनि संग संघले सम्बद गर्नु जरुरि छ l एउटा सच्चा अभिभाबक नेपाल क्रिकेट संघ अब बन्ने पर्छ l  नेपाल क्रिकेट संघले त्यस्तो गर्न नसकेमा साच्चै आलमको अपमान हुने छ त्यसैले अब क्रिकेट संघले चाडैनै आलम संग स्वस्थ सम्बाद  गर्नु पर्छ l उनको चाहना अनुसार उनलाई प्रमाणित गर्ने मौका वा उनको सम्मानजनक बिदाइको मौका नेपाल क्रिकेट संघले अब गर्ने पर्छ l 
कृपया ! प्रतिक्रिया दिन नभुल्नुहोला ,तपाइको प्रतिक्रियाले ठुलो मूल्य राख्छ :)  


3 comments:

Arun Upreti said...

its definitely time for him to go! his performance has been declining for a long time now! After the 10 wicket haul against Mozambique the only performance I recall is the one against Saudi Arabia where he made a fiery 80 odd! (in span of 5 years)

His bowling doesn't have that edge that it used to! I wish him all the best for his other endeavors but I believe his hay days at cricket is over!

Arun Upreti said...
This comment has been removed by the author.
Arun Upreti said...
This comment has been removed by the author.

VYC via SMS

Send Us the Track

Send me your track