Bholitics | The Art Of Procrastination (threadpaints.com)

Bholitics | The Art Of Procrastination (threadpaints.com)


भनिन्छ नेपाल मा नेता भन्दा बढी पार्टी र जनता भन्दा बढी कार्यकर्ता छन् रे.  यहाँ हावा चले पनि कुनै राजनीतिक चलखेल का कारण ले चल्छ रे.

तर नेपालको राजनीतिमा भविष्य  को निकै ठुलो महत्व छ. सायद तेसैले होला यहाँ हरेक काम भोली हुन्छ. दल हरु क बीच सहमति का लागी गरिने भनिएको छलफल, भोली निष्कर्ष निकालिने गरि अनिश्चीत टुंगिन्छन| संबिधान सभा का लागी भनेर छुट्टयाइएको ३६५ वोटा भोली हरु अस्ति भर्खर सकिए. तर पनि सबै जना चुप छन् किनकि चुनाव भोली हुदै छ |

नेपाल मा पोलिटिक्स हुदैन भोलीटिक्स हुन्छ |

त्यसैले नेता भन्दा बढी पार्टी र जनता भन्दा बढी कार्यकर्ता  भएको यो देश मा नेता देखि नागरिक , बृद्ध देखि बिद्यार्थी र कलाकार देखि कर्मचारी, सबै को दिनचर्या मा भोलीटिक्स  हुन्छ| भोलीटिक्स  अब नेता र पार्टी हरु को मात्र खेल भएन, आम नेपाली जनता को जीवन शैली भैसक्यो|

हाजिर गरिदिए बापत तलब पाउनु पर्ने, र काम गरिदिए बापत छुट्टै खोज्ने सरकारी कर्मचारी हरु पद मा बसेर आफु लाई सेवक हैन साशक ठान्छन र सधै एउटा कुरा मुख बाट निकाल्छन “तपाइँ को काम भोली हुन्छ, भोली आउनुस.”

हामी आफै पनि कम छैनौ| सानो मा मास्टर लाई Homework भोली गरेर ल्याउने वाचा सहित सुरु भएको भोलीटिक्स ले साथि संग मागेको रू ३०००/- भोली भोली भन्दा भन्दै ३ महिना नै कुराउछौ|  अझ हामि विद्यार्थी …. “परिक्षा आइसक्यो, भोली देखि त suuure पढ्छु !!”

"यो जाड रक्सि खाने बानी पनि साह्रै बिग्रिसक्यो. भोली देखि खान्न!!"

"चुरोट पनि भोली देखि छोड दिन्छु अब…."

कपडा किन्न पसल भित्र छिर्छौ .. हेरेको कपडा मन परेन अथवा सोचेको भन्दा महँगो रहेछा भने हामि सिधै त्यो कुरा भन्न सक्दैनौ. हामी भन्छौ “दाइ, मा भोली लिन आउछु..” र लुसुक्क बाहिर निस्कन्छौ.
नेपालि जीवन शैली को पर्यायवाची भैसक्यो भोलीटिक्स |

हुन त भैरव अर्याल ले येही कुरा लाइ धेरै पहिले नै भोलिवाद भनेर व्यंग्य पेलिसकेका हुन्. तर आज को पुस्ता ले भोलिवाद को भाव र व्यंग्य लाई बुझ्दैन. किनकि आज को पुस्ता लाइ अलिकति पास्चात्य पिरो नभैकन कुनै पनि कुरा पच्दैन. त्यसैले भोलिवाद नबुझे पनि.. ऐले को पुस्ता ले भोलीटिक्स  लाई भने पक्कै बुझ्छ.


"Bholitics" is a concept art created by designers at threadpaints.com , Nepal's First Online Clothing Store. You can buy "Bholtics" t-shirts and merchandises at : threadpaints.com/tshirt/bholitics 


Aayush Shrestha is one of the co-founders of Threadpaints.com and a guest blogger at View Your Choice. He has been a tech savvy person as well as brings issues from diverse arena's through his blog. Keep subscribing :)

0 comments:

VYC via SMS

Send Us the Track

Send me your track