टोले विद्वान

टोले विद्वान

आज आफ्नै मात्री भाषालाई माया गरी केहि लेख्न मन लाग्यो । थुप्रै भाको थियो ब्लगमा केहि पोस्ट नगरेको तर आज गुरु पुर्णिमको दिन टोल टोलमा बिरजमान हाम्रा आदर्णिय गुरुहरुको सत्कार नगरी मलाई वहाँअँहरु प्रती आन्याय भएको महसुस भयो । त्यसैले आज को मेरो पोस्ट वहाँहरु प्रती समर्पित छ ।  वास्तबमै टोले गुरुहरु तपाईंहरु महान हुनुहुन्छ । तपाईंहरुले दिएको शिक्षा अनि दिक्षाले सयदै कसैको भलो त भएन होला तर म भागवनलाई प्रार्थना गर्न चाहन्छु हजुरहरु जस्ता सर्वज्ञानी को महान विचारले कसैको कुभलो पनि नहोस । कुनै शास्त्रको आध्ययननै नगरी अनि कोही गुरुको सामिप्यता मा नबसी हजुरहरुले आर्जन गर्नु भएको ज्ञानको कुनै मुल्य सायदै तोक्न सकिएला । त्यस माथी टोलमा दिनभरी केहि
काम नभएका अनि फिरन्तेहरुलाई भेला गरी स्वप्रतिपादित ज्ञानको चर्चा परिचर्चा गरेर कहिले नाथक्ने हजुरहरु को जोश जांगर प्रसंसा योग्य छ ।  टोले गुरुहरु मात्र नभएर वहाँहरुका चेला कहलाउने आदर्शवदी ब्यक्त्तिवहरुको वर्णन गर्न मैले छुँटाउदा वहाँहरु प्रती आन्याय गरे जस्तो म देखाउन चाहान्न जो दिनहुँ जसो गुरु परिवर्तन गरी कुतार्किक ज्ञान आर्जन गरी अरुसँग त्यो ज्ञानको चर्चा गर्न पछी हट्नु हुन्न । उधाहरण मेरो एकजना मित्रनै हुनुहुन्छ जो एक मुक्त पुरुषको छविमा रहेर पनि टोले गुरुको सरणमा झुक्न पछी परेको मैले कहिले देखेको छैन । वहाँ पनि अरु आदर्शवान व्यक्तिहरु जस्तै बेला बेला टोले गुरुहरु को पाउमा आफ्नो शिर झुकाउन पछी पर्नु हुन्न ।  गुरु पुर्णिमाको अवसरमा हजुरहरु प्रती पनि मेरो नमन तर एउटा बिन्ती पनि चढाउन चाहान्छु “कृपया भर्मिक ज्ञान बाँढेर सोझा सिधा मानिसलाई मुर्ख बनाउने काम नगरिदिनु होला ।”

Basanta Ghimire
#Blogger

1 comments:

Gaurav Kandel said...

Loved it #blogger Basanta Ghimire welcome to the blog :) Would look forward for more blogs from you :) Seems you reblogged a post from your july's #blog as Guru Poornima normally resides there with our window shopping Guru's :P While also seems you used Nepali unicode while writing so there are few minor corrections to be made :P

While, loved your ending line with

“कृपया भर्मिक ज्ञान बाँढेर सोझा सिधा मानिसलाई मुर्ख बनाउने काम नगरिदिनु होला ।”

Keep on #blogging :)


VYC via SMS

Send Us the Track

Send me your track