सानेपा To वानेश्वोर

सानेपा To वानेश्वोर

अफिस त म सधैं नै आईजाई गरिरहेकै हुन्छु तर हिँजो फर्किदाको बातावरण अली भिन्नै लाग्यो। गाडीको त्यही रुट र खाँदेर प्यास्यान्जर हल्ने शैली एकै भएपनी मेरा आँखाले त्यही द्रिश्य अली भिन्न रुपले अवलोकन गर्‍यो र मस्तिष्कले भिन्नै तरिकाले सोच्यो। घटना हो सानेपा बाट वानेश्वोर जादै गरेको म सहित अन्य यात्रु सवार नेपाल यातायातको।
अन्य दिनहरु जस्तै मेरो कानमा मन्द मन्द आवाजमा एअरफोनबाट गीत बजिरहेको थियो तर मेरो ध्यान गीत भन्दा पनि बढी गाडीमा सवार मानिसहरु प्रती तान्नीरहेको थियो। मेरो देब्रेतिर कारीब १८-१९ बर्षका एक युगल जोडीहरु गफिरहेक थिए र ति महिला मित्र आफ्ना प्रेमिलाई आर्की केटी सित किन बोलेको भनेर गाली गर्दै थिइन र प्रेमी चँही काम परेर मात्र बोलेको भनेर आफ्नी प्रेमिकलाई स्पष्टिकरण दिरहेका थिए । मलाई प्रसँग रमाइलो लागेकाले गितको ध्वनी कम पारेर उनिहरुको कुरा सुनिरहेको थिएँ। रमाइलो चाँही ति महिला मित्र थिइन, कहिले आफ्नो प्रेमिलाई अंकमाल गर्थिन अनी घरी मुख फुलएर झ्याल पटी फर्किन्थिन। उनिहरु को गफगाफलाई थातीँ रखी यसो अर्को तिर फर्किँदा एउटा मेरो भन्दा डबल जिउ भको मोटे, कालो अनुहार अनी झुम्लुङ्ग परेको कपाल देँखाउदै कत्तिन मैले त्यस्को ऋण खाइदिए जसरी म तिर हेर्थ्यो।
मेरो अगाडि चाँही २ बरीष्ठ ब्यक्तित्वहरु आफ्ना राजनैतीक र सामाजिक गफ चुटिरहनु भएको मैले पाएँ। वहाँहरुको गफ सुन्दा एकलाई राष्ट्रपती र अर्कोलाई प्रधानमन्त्री बनैदिउँ जस्तो लग्थ्यो। अनी वहाँहरुको समाजसेवाको पनि कदर गर्नै पर्छ, महिला अनी बालबालिका हिंसाको बिरोधको कुरो जोडसँग गर्दै हुनुहुन्थ्यो तर अन्तिममा कुरो चाँही भट्टीमा गई खोयाबिर्के खाने निष्कर्समा टुङ्याउनु भयो। वहाँहरु उदाहरण हुनुहुन्छ हाम्रा समाजका यस्तै बरीस्ठ बर्गका समाजसेवीहरुको जो दिउँसो गाँउ डुली बेलुका भट्टी नछिरी खाना पचाउन सक्नुहुन्न।
जब गाडीबाट ओर्लेँ तव आफुलाई  पनि केही हद सम्मको बिलसी बर्गमा पाँए। सानै भए पनि रेस्टुरेन्ट छिर्न सक्ने, सस्तै भएपनी खुट्टामा कन्भर्सको जुत्ता लगाएर हिँड्नसक्ने अनी जाडोमा एकसरी भएपनी न्यानो लुगा भएको एउटा धनी ब्यक्ती। यो कुरा बुझ्न मलाई धेरै समय लागेन जब खाली खुट्टा, नाङ्गो आङ अनी कागजमा चिउरा खाँदै मेरो समुन्नेबाट गुज्रे। कुरा पहिलेनै बुझेको भएतापनी मेरो बिलासिता तिर ढल्किन लाग्दै गरेको मेरो जीवन शैलीको मलाई बोध गराँउदै मेरो चेतनाको ढोकामा ढकढक्याउने काम ति फकिरले गरे।
मनिसले सिक्न टाढा जानु पर्दैन रहेछ। अफुले दैनिक गरिरहने कामबाटनै ठुलै कुराको ज्ञान आर्जन गर्न सकिने कुरोको अनुभुती त्यो छोटो यात्राले गरायो।
सबैको जय होस!!!

Guest article by Basanta Ghimire, A techno savvy with special interests in blogging , social media  Facebook  and designing.  

0 comments:

VYC via SMS

Send Us the Track

Send me your track