सरकार र सिँहदरबार भित्र हुने कृयाकलापमा युवाको चासो

सरकार र सिँहदरबार भित्र हुने कृयाकलापमा युवाको चासो



सञ्जु पौडेल

स्वदेश तथा विदेशबाट उच्च शिक्षा लिएका निश्चित विद्यार्थीहरुले दायित्व फेलोशीप कार्यक्रम अन्तरगत देशको विभिन्न मन्त्रालय तथा सरकारी निकायहरुमा उद्यमशीलता तथा आर्थिक समृद्धि सम्बन्धी अनुसन्धान वर्षेनी गर्दै आएका छन् । समर २०१६ को फेलोशीप कार्यक्रम यो हप्ता सकिदैछ ।
सरकार, सरकारी कार्यक्रम तथा अभियान आदीमा युवाहरुको पनि सहकार्य, सहभागिता तथा समन्वय होस् भन्ने उद्देश्यले सन् २०१३ बाट नियमित रुपमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यसरी फेलोशीप कार्यक्रममा छनौटमा परेका युवाहरुले÷फेलोजहरुले मन्त्रालय लगायत आआफ्नो कार्यक्षेत्रमा अनुसन्धान गरेर त्यसको प्रतिवेदन सम्बन्धित कार्यलयमा बुझाउने गर्दछन् ।
यस समर २०१६ को फेलोशीप कार्यक्रमको फेलोजहरु मध्ये काठमाण्डौंकी २९ वर्षिया स्वदिपा बोहरा पनि एक हुन् । उनी अर्थ मन्त्रालयमा सहसचिबको नजिक रहेर अनुसन्धान गर्दै आएकी छिन् । सिटन हल विश्वविद्यालय, अमेरिकाबाट एम.पी.ए. पास गरेर नेपाल फर्किएकी उनी मन्त्रालयमा यसरी अनुसन्धान गर्न पाउदा खुशी छिन् । उनले अर्थ मन्त्रालयको च्यालेञ्ज फन्ड मार्फत उद्यमशीलता तथा स्वरोजगारको सम्बन्धमा भएका चुनौती, सुझावहरु तथा अवसर आदीको बारेमा विभिन्न मन्त्रालयका सचिब लगागतको ब्यक्तिहरुको उपस्थितीमा आफ्नो प्रस्तुती समेत राखेकी थिइन् ।

अर्थ मन्त्रालयका पुर्ब आर्थिक सल्लाहकार डा. गोबिन्द नेपलसँग स्वदिपा बोहरा

त्यसैगरी स्थानीय विकास मन्त्रालय अन्तरगत बैतडीकी त्रिवेणी चन्दले जिल्ला विकास समिती ,रामेछाप र मोरंगकी प्रभा उप्रेतीले जिल्ला विकास समिती गुल्मीमा यहि कार्यक्रम अन्र्तगत अनुसन्धान गर्दै छन् । त्रिवेणीले रामेछापमा भएका सरकारी तथा गैर सरकारी सस्ंथाहरुले प्रदान गर्ने सिप विकास तालिम तथा कार्यक्रमहरुमा दोहोरोपना तथा सबै सस्ंथाहरुमा आपसमा समन्वय तथा सहकार्यको अवस्थाको बारेमा अनुसन्धान गरेकी थिईन् । 

प्रभा उप्रेती

रामेछाप, जिल्ला विकास  अधिकारी  तथा सूचना अधिकृत दिपक प्रसाद सुबेदी को साथमा त्रिवेणी चन्द . 



यसरी अनुसन्धान गर्ने क्रममा उनले एउटै मानिसले पटक पटक तालिम पाउने, एउटै किसिमको तालिम फरक फरक सस्ंथाहरुले  दिने, एउटै समयमा फरक फरक कार्यक्रहरु सञ्चालन हँुदा कार्यक्रमको समय जुध्ने आदी अनुसन्धानबाट पत्ता लागेको बताईन् । त्यसैगरि प्रभा आफ्नो भनाई यसरी राखिन्, “ मैले गुल्मी जिल्लामा उद्यमशीलता तथा स्वरोजगार सम्बन्धी अनुसन्धान गरेकी हुँ । मेरो सरकारी क्षेत्रबाट उद्यमशीलता तथा स्वरोजगार सम्बन्धी केही कार्यक्रम गरेनन् भन्ने सोचाँई थियो तर त्यस्तो होइन रहेछ । सरकारी क्षेत्रबाट पनि त्यस किसिमको थुप्रै प्रयासहरु भएको रहेछ । सरकारी कृयाकलापलाई नजिकैबाट नियाल्न पाए । 

जुनी सिंह

यसै सन्दर्भमा अर्को फेलोजको नाम जुनी सिंह हो । उनले पेरिसबाट उच्च शिक्षा लिदाँ सिकेको ज्ञान, सीपको प्रयोग गरेर राष्ट्रिय योजना आयोगमा अनुसनधान गरेकी थिइन् । काठमाण्डौंकी स्थायी बासिन्दा उनले योजना आयोगमा नेपालको पुजीँगत खर्च किन कम भएको छ भन्ने विषयमा अनुसन्धान गरेकी छिन् । उनी चाडैं नै विद्या वारिधीको लागि पुनः पेरिस जादैछिन् ।
फेलाशीप कार्यक्रमको लागि बुद्ध इयर, अभियान, मार्केन्टाइल तथा हिमालयन बैंकले आर्थिक सहयोग गर्दै आएको भन्दै दायित्वको कार्यक्रम अधिकृत मनोज पौडेल आफ्नो भनाई यसरी राख्छन्, “ हाम्रो नेपालमा दुई थरिको युवाहरु छन्, एउटा सरकारले केही गरेन भन्ने र अर्को थरि युवा भनेको सरकारले सबै गरिदियोस् भन्ने हुन्छन् । माइतीघर मण्डलामा बसेर सकरकारको विरोध गर्नु भन्दा सिंहदरबार भित्र के के भइरहेको छ , सरकारी योजनाहरु केके छन् थाहा पाउनु बढी सहयोगी हुने तथा उद्यमशीलता मानसीकता हुनको लागि सृजनशीलता र जोखिम वहन गर्न सक्ने क्षमता सरकार भित्र पनि चाहिएको छ । यस्तो मानशीकताको लागि सरकार र युवाको सहयात्रा हुन जरुरी छ भनेर यस कार्यक्रम अन्तरगत पछिल्लो तीन वर्षमा २४ मुलुकका विभिन्न विश्वविद्यालयबाट शिक्षा एवं तालिम प्राप्त गरेका ६८ नेपाली युवाहरुले विभिन्न १६ मन्त्रालय तथा २३ ब्यवस्थापिका संसद सदस्यहरुसँग विभिन्न परियोजना तथा विषयहरुमा काम गर्नु भएको छ ।
स्वदिपा, त्रिवेणी, प्रभा र जुनी  आदी प्रतिनिधी फेलोहरु हुन् । सो कार्यक्रम अन्तरगत अनुपमा शर्मा र धर्मराज जोशी कृषि विकास मन्त्रालय, आलोक जोशी, श्रम तथा रोजगार मन्त्रालय, सृजु ढकाल र स्नेहा प्रधान, नेपाल राष्ट्र बैंक, दिक्षित के.सी. र भिरा लामिछाने, उद्योग मन्त्रालय तथा सुजन अधिकारी वाणिज्य मन्त्रालयमा गरी १२ जना फ्लोजहरुले अध्ययन, अनुसन्धान गरेका छन् । जस मध्ये मध्ये ८ जना महिला फेलोज हुन्, यसरी सरकार, सरकारी कार्यक्रम तथा अभियान आदीमा युवाहरुको पनि सहकार्यता, सहभागिता तथा समन्वयको लागि आवश्यक वातावरणको लागि प्रयास गरिनु पनि आफैंमा सकरात्मक पक्ष हो । आखिरमा युवाले गर्न नसक्ने संसारमा के नै पो छ र ?


For more information on the Daayitwa-Nepal Public Service Fellowship, click here.



0 comments:

VYC via SMS

Send Us the Track

Send me your track