समुदायको प्रेरणाको स्रोत बनिन् दिपिका
रुरु गा.वि.स. वार्ड नं. ६ ,गुल्मीमा बसोबास गर्दै आईरहनु भएकी २० वर्षिया दिपिका थापा आफ्नो पढाईको समय तथा घरायसी अन्य समयको सदुपयोग गर्दै बिगत एक वर्ष देखि नियमित रुपमा परालको चप्पल बनाउने तथा बिक्रिबितरण गर्दै आईरहनु भएको छ । निम्नमध्यम परिवारकी सदस्य दिपिका परिवारकी कान्छी छोरी हुनुहन्छ । परालको चप्पलको बिक्रीबाट प्राप्त भएको रकमले आवश्यकता अनुसार घरखर्चको लागि परिवारलाई समेत दिपिकाले समय समयमा सहयोग गर्दै आउनु भएको दिपिकाकी आमा शान्ती थापाले बताउनु भयो ।
वँहा अगाडी आफ्नो भनाई यसरी थप्नुहुन्छ ,“पहिला पहिला मलाई मेरो श्रिमान्को नामले चिनिन्थ्यो तर अचेल मलाई दिपीकाकी आमा भनेर चिनिन्छु । जे होस् मेरी छोरी पुरै गाँउको लागि उदाहरण भएकीछिन् । छोरीको नामबाट चिनिन पाउदा खुशी लागेको छ । उनीलाई चप्पल बनाउन आवश्यक पराल चाहि गाँउमा गएर मैले नै ल्याईदिने गरेकीछु । ”
चप्पल बनाउने आधुनिक उपकरण नहँुदा हातले नै बनाउनु पर्दा यो काम अलि कठिन हुने हँुदा कहिले काहि त हातबाट रगत नै निक्लिने गरेको भन्दै दिपिका आफ्नो भनाई यसरी अगाडी थप्नुभयो , “चप्पलको सम्पूर्ण कामहरु हातले नै गर्नुपर्दछ , जसले गर्दा हातको धेरै प्रयोग गर्नु गर्दछ , यसरी नियमित हातको प्रयोग गर्नु परेकोले हातमा धेरै गाह्रो हुन्छ । कहिले काँहि त हातबाट रगत पनि आउछ । तर चप्पल तयार भएपछि चप्पल बनाउँदाको सबै कष्ट भुलिन्छ । ” परालको चप्पलको कारोबारबाट बार्षिक ५० हजार भन्दा माथिको आम्दानी गर्दै आउनु भएकी दिपिकाको पढाई पनि राम्रो भएको वहाँको परिवारले जनाएकोछ । वहाँ स्थानिय रिडी बहुमुखी क्याम्पसमा बि.बि.एस. दोस्रो वर्षमा अध्ययन गर्दै हुनुहुन्छ ।
कृषि तथा कृषिमा आधारित भएर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने शन्देश दिने उद्देश्यले दायित्व संस्थाले छ महिना
अगाडी गुल्मी जिल्लाममा आयोजना गरेको दायित्व इन्टर प्राइज च्यालेञ्जमा २३१ जना उद्यमीहरुले फारम भरेका थिए । २३१ ज्ना मध्येबाट उत्कृष्ट ४० उद्यमीको छनौट गरिएको थियो । छनौटमा परेका उत्कृट ४० उद्यमी मध्ये दिपीका पनि एक उद्यमी हुनुहन्थ्यो । अर्को रोचक कुरा के छ भने, उत्कृट ४० उद्यमी मध्ये वहाँ सबैभन्दा कान्छी उद्यमी हुनुहन्थो । आफ्नो समुदायमा मात्र सिमित भएको ब्यवसाय दायित्व संस्थाले महत्वपूर्ण भूमिका खेलेको भन्दै दिपिका मुसुक्क हास्दै यस्तो भन्नुहुन्छ , “ दायित्व संस्थाले आयोजना गरेका दायित्व इन्टर प्राइज च्यालेञ्जमा मैले पनि त्यसको फारम भरेकी थिए , त्यसको निर्णायक समुहको मुल्यांकन गर्दा म पनि उत्कृष्ट ४० जनामा परेकी थिए । त्यसपछि मलाई मेरो गा.बि.स.मा मात्र नभएर आसपासको अन्य गा.बि.स.मा पनि मेरो ब्यवसायको बारेमा प्रचार प्रसार भयो । मेरो आफ्नै क्षेत्रमा सिमित भएको मेरो ब्यवसायको ब्यापक प्रचार प्रसार हुनुमा दायित्व संस्थाको ठूलो भमिका रहेको छ । अचेल पाल्पा ,तम्घास तथा बुटवल आदी स्थान देखि पनि चप्पलको माग आउन थालेको छ । ” यसैगरि अहिले चलिरहेको महिला हिंसा बिरुद्धको १६ दिने अभियानमा आधारित भएर दिपिका आफ्नो विचार यसरी राख्नुहुन्छ , “हाम्रो देशको महिलाहरुले पुरुष सरह शिक्षा तथा आवश्यक अवसर पाउनुहन्न । त्यसैले पनि हाम्रो समाजमा पुरुषको तुलनामा महिलाहरु पछाडी पर्नुभएको जस्ताो लाग्छ । महिलाहरु शिक्षित तथा आर्थिक रुपले सक्षम भएमा पुरुषले हेप्न पाउदैनन् , तथा उनीहरुलाई समाजमा हेर्ने दृष्टिकोण नै फरक पर्दछ । साथै यदि हामीलाई कँहीकतैबाट हिंसा भईरहेको छ अथवा हामी अन्यायमा परेको छौ भने त्यसको बिरोध चाहि गर्नु पर्दछ । अन्याय गर्नु र सहनु दुबै अपराध हो । यसको लागि हामी सबैजना सचेत हुन आवश्यक छ । ”

लगनशिल तथा मेहनती दिपिका आफूले सञ्चालन गर्दै गरेको यस परालको चप्पल बनाउने तथा बिक्रीबितरण ब्यवसायलाई अझै ब्यवस्थित बनाउदै निरन्तरता दिएर गाँउ,समाजको लागि आफ्नो तर्फबाट पनि केही योगदान पुयाउन सकियोस् भन्ने लक्ष्य राख्नु भएको छ । दिपिकाको लक्ष्य चाडैं पुरा भएको देख्न पाईयोस् वँहालाई हाम्रो पनि धेरै धेरै शुभकामना छ ।
0 comments:
Post a Comment