नेपाली
क्रिकेट थाहा नभएकाहरुलाइ समेत मेहबुब आलमको नाम थाहा छ l एक समय थियो उनि
नेपाली टिम भन्दा पनि माथिका खेलाडी थिए l मलाई अहिले सम्म पनि याद छ
डिभिजन-५ , २०१० हेर्दाको ति दृश्यहरु l मेह्बूब आलम जब बलिंग गर्न आउथे
उनको नाम मैदानमा गुन्जन्थ्यो , उनि बलिंग गर्न दौडदा मेह्बूब-मेह्बूब भनि
दर्शकहरुको उच्चाहट उत्कर्षमा हुन्थ्यो , यस्तो लाग्थ्यो मेह्बूबले प्रत्यक
बलमा विकेटनै झार्छन कि ?
हो बलिंग मात्रै हैन ब्याटिंगमा पनि उनको
माग त्यस्तै थियो , उनि ब्याटिंग गर्दै गर्दा दर्शकहरु प्रत्यक बलमा छक्का र
चौकाको माग गर्थे l मेह्बूबको क्रेज अहिले सम्म पनि उस्तै छ l
डिभिजन-४ २०१० , एसिसि टि-२० र डिभिजन-३ क्रिकेट को तयारीको लागि जब नेपाली प्रारम्भिक (
३७ सदस्यीय ) टोलीको घोसणा गर्यो , त्यतिबेला सबैको आँखाले एउटै नाम
खोजिरहेका थिए , मेह्बूब-मेह्बूब l तर विगत डिभिजन-४ र एसीसी ट्रफीमा झैँ
यसपाली पनि उनका समर्थकहरुमा निराश हुनु बाहेक अरु विकल्प थिएन l
उनको
नाम नदेख्ने बितिकै सोसल मिडियाहरुमा असन्तुस्टीका शब्दहरुको लामै लर्को
लाग्यो , सबैको प्रश्न एउटै थियो , खै मेह्बूबको नाम ? किन छैनन्
मेह्बूब ?
पक्कै पनि त्यो जायज थियो , एकदिबसिया क्रिकेटमा एकै इन्निंगमा १० विकेट एक्लैले लिएर बिश्व क्रिकेटमै सनसनी मचाएका ई खेलाडीको प्रदर्शन हेर्न कायल हुनेहरु बाट त्यो माग अनौठो अवस्य हैन l
Mehboob Alam with his Fans ( ACC T20 ,2011 ) |
टि-२० विश्वकप छनौट २०१२ पछि नेपाली टोलीमा स्थान बनाउन
असफल मेह्बूब आलम टोलीमा नपर्नुको कारण उनको खराब प्रदर्शन र फिटनेस भनिन्छ
तर त्यतिलाइ मात्रै स्टार मेह्बूब आलमलाई टिम बाहिर हुनुको उचित जवाफको
रुपमा पक्कै लिन सकिदैन l एउटै प्रतियोगिताको खराब फर्मको आधारमा नेपाली
टोलीका प्रमुख खेलाडीलाई बाहिर राख्नु मात्र मेह्बूबलाइ टोलीमा नराख्नु
पक्कै पनि न्यायसंगत देखिदैन l
घरेलु क्रिकेट निकै कम हुने नेपालमा
खेलाडीहरुले आफ्नो प्रदर्शन देखाउने अवसर निकै कम पाउने गर्दछन त्यसबाहेक
आफुलाई प्रमाणित गर्ने अवसर सुन्यनै छ भन्दा फरक पर्दैन l मेह्बूब आलमले
टि-२० विश्वकप छनौट पछि खेल्ने पाएनन् उनलाई पूर्णरुपमा तिरस्कार गरियो
प्रारम्भिक क्याम्पमानै राख्न जरुरि ठानेनन उनलाई l टि-२० विश्वकप छनौट पछि
नेपालले लगत्तै डिभिजन-४ र एसीसी ट्रफी खेल्यो जसमा नेपालले ठुलो सफलता
हात पार्यो जसमा मेह्बूब आलम थिएनन् र उनको आवस्यकता पनि खासै महसुस भएन l
कोच पुबुदु दासानायकेको नेपाली क्रिकेटमा आगमन पश्चात नेपाली क्रिकेटको
स्तरमा मात्रै हैन , नेपाली क्रिकेट खेलाडीहरुलाई ब्यबसायिक बानीको विकास
गर्ने कममा समेत उन्नति भएको छ l दासानायेकेले एउटा अन्तरबार्तामा भनेका
थिए " पुरानो रेकर्डको मलाई मतलब छैन , वर्तमानको प्रदर्शन महत्वपूर्ण छ " l
हो कोच पुबुदु नेपाली टोलीमा यस्ता खेलाडी चाहन्छन जो बिगत हैन वर्तमानको
आधारमा नेपालको प्रतिनिधित्व गर्न लायक होस् र उनको लागि खेलाडीको वर्तमान
प्रदर्शन मात्रै हैन , उनको खेल प्रतिको लगाब , लगन , मेहनत , क्षमता
चाहन्छन l
नेपाली दर्शकहरु हामी धेरै भावनात्मक छौ तर ठिक उल्टो
पुबुदु ब्यबसायिक छन जसमा भावना हैन वर्तमानले ठुलो महत्व राख्छ l कोच
दासानायकेले नेपाली टोलीको जिम्मा लिदै सोचेका थिए नेपाली क्रिकेटको आमुल
परिवर्तन र उज्ज्वल भबिश्व जसलाई साकार पर्न केहि तिलान्जलीहरु आवस्यक थियो
l
पुबुदुको आगमन पश्चात खेलिएको पहिलो प्रतियोगितामा टोलीमा परेका
नेपाली टोलीका तत्कालिल प्रमुख खेलाडी विकेट-किपर ब्याट्सम्यान महेश
क्षेत्री त्यसपश्चात नेपाली टोलीमा कहिले अटाएनन् , एसीसी टि-२० पछि ,
टि-२० विश्वकप छनौटमा पूर्व-कप्तान तथा प्रमुख आक्रामक बलर बिनोद दासलाई
टोलिमा स्थान दिइएन र मेह्बूब पनि अर्का उदाहरण हुन् जसको बिगतलाई कोच
दासानायकेले हेरेनन् l महेश क्षेत्रीले त्यसपश्चात कहिले टोलीमा आफ्नो
स्थान बनाउन सकेनन भने बिनोद दासले डिभिजन-४ मा आफ्नो स्थान पुनः प्राप्त
गरे अनि मेह्बूब आलम टोलिमा फर्कने कुनै छनक देखिदैन l
कोच
दासानायकेका अनुसार उनको फिटनेस र खराब फिल्डिंग टोलीमा नरहनु को कारण हो
भने पछिल्लो समयमा कुममा समस्याका कारण बलिंग गर्न नसक्नु झन् ठुलो कारण l
बलिंग अलराउण्डर मेह्बूबले २०१२ को विश्वकप छनौट प्रतियोगितामा
ब्याट्सम्यानको रुपमा खेलेका थिए जुन प्रतियोगितामा खेलेको ७ खेलमा उनले
मात्र ३४ रन बनाउन सकेका थिए भने , उनले मात्र ४ खेलमा बलिंग गरि मात्र १
विकेट लिएका थिए l उक्त प्रतियोगिताको १ खेलमा ४ ओभर बलिंग गरेका उनले अरु
खेलमा मात्र १ ओभर बलिंग गरेका थिए l
बलिंग क्षेमतामा कमि र
ब्याटिंगमा पनि आफ्नो धार कम्जोर भए पछि उनलाई नेपाली टोलीमा राख्ने आधार
गुमेको विश्लेषकहरु बताउछन l यसैमहिना सम्पन्न रास्ट्रिय प्रतियोगितामा पनि
मेह्बूबले निकै कम मात्रै बलिंग गरेका थिए भने ब्याटिंगमा पनि कुनै चमक
देखाउन असफल रहे , उनको प्रदर्शन औषत् बाट माथि उठ्न सकेन l
मेह्बूब
अब नेपाली टोलीमा नफर्कने अनुमान धेरैले लगाउन थाली सकेका छन l श्रोतका
अनुसार मान्ने हो भने उनि टोलीमा नरहनुको कारण उनको आचरण पनि रहेको छ ,
आफ्नो स्टार छबि उन्म हाबी हुनु पनि उनलाई टोलीमा स्थान नदिनुको कारण हो l
रास्ट्रिय प्रतियोगितामा नेपाली रास्ट्रिय खेलाडीहरुले भरिपूर्ण एपिएफ क्लब
बाट नखेल्नुले पनि त्यो कारणमा बल पुगेको छ l
सोसल
मिडियाहरुमा महबुब को केहि समय अघि देखिको क्रियाकालापले झनै उनलाई
विवादमा धकेलेको छ भने उनमा अब नेपाली टोलीमा फर्कन्छु भन्ने आत्मविश्वास
पनि नरहेको पुस्टि हुन्छ l
केहि
हफ्ता अगाडीको उनले फेसबुक ग्रुप " नेपाली क्रिकेट फ्याँस अन फेसबुक " मा
गरेको कमेन्टले उनलाई निकै बिबादित र फ्यानहरुलाइ पनि खल्लो महसुस गरायो l
"
म नेपाली क्रिकेट टिमको लागि खेल्न चाहदिन " उनले यो कमेन्ट गरे पछि उनका समर्थकहरुमा रहेको उनि
प्रति रहेको सहानुभूति कम हुनुको साथै उनको निराशा बढेको भान हुने गर्थ्यो l
दशक
भन्दा बढी नेपाली क्रिकेट टोलिमा रही नेपालको नाम चम्काउन महत्वपूर्ण
भूमिका खेलेका मेह्बूब आलमले लाखौ नेपालीहरुलाई थुप्रै पटक खुसि हुने र शिर
उठाउने बातावरण बनाएका छन l नेपाली क्रिकेटको यो अवस्था र लोकप्रियतामा
मेह्बूब आलमको ठुलो हात रहेको छ l
राजविराजको
निकै पिछडिएको ठाउँ बाट आफ्नो संघर्ष थालेका मेह्बुब आलमले नेपाली
रास्ट्रिय क्रिकेट टोलीमा प्रतिनिधित्व गर्न र देशको लागि गरेको योगदानको
कुनै मूल्य हुन सक्दैन र उनको प्रतिस्थापन गर्ने अरु खेलाडी अब नेपाली
क्रिकेटले पाउने छैन l
हरेक खेलाडीको जीवनमा एउटा त्यस्तो दिन सायद कसैको चाहना हुँदैन तर स्वीकार गर्ने पर्ने बाध्यता l क्रिकेट खेलनै आफ्नो सर्वस्व भएका महबुब आलमका लागि पनि बिगत केहि समय निकै अफ्टेरो रहेको कुरा कसैको सामु लुकेको छैन l जुन चिजलाइनै उनले आफ्नो जीवन बनाए , जुन चिजको लागि आफ्नो सर्वस्व सुम्पिय आज त्यही कुरा बाट उनि टाढा बस्नु उनको लागि कति मुस्किल होला ?
हो फेसबुकको भित्तामा लेखिएका उनका तिता अभिव्यक्तिहरु त्यसैको परिणाम हो l
Mehboob Alam about his selection , posted in the FB group " Nepali Cricket Fans on Facebook " |
3 comments:
its definitely time for him to go! his performance has been declining for a long time now! After the 10 wicket haul against Mozambique the only performance I recall is the one against Saudi Arabia where he made a fiery 80 odd! (in span of 5 years)
His bowling doesn't have that edge that it used to! I wish him all the best for his other endeavors but I believe his hay days at cricket is over!
Post a Comment