
"My Email To My PM" के हो ?
रेडक्रस सोसाइटीको मातहतमा रहेको रक्तसञ्चार केन्द्रले देशको विभिन्न भागमा अलग अलग प्रकारको रगतको सेवा शुल्क तोकेको छ । धरानमा ७००, विराटनगरमा १२२०, काठमाडौमा ६७५ अनि अन्य क्षेत्रमा पनि फरक फरक । यसैको विरोध गर्दै हामीले गरेका विभिन्न साँकेतिक विरोध कार्यक्रमको रेडक्रस सोसाइटिले वेवास्ता गरेकोले यो अभियान सूरु गरेका हौं । यस अभियान अन्तर्गत देश विदेशबाट रगतको सेवा शुल्क बृद्धिभएको भन्ने एकै प्रकारको व्यहोरा समेटिएको इमेल संसारभरबाट प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई गर्ने योजना रहेको छ । यसरी संसारभरका नेपालीहरुले पठाएको इमेलले वर्तमान सरकारलाई रक्तसञ्चार केन्द्रको वेवास्थाबारे सोच्न र तत्काल जनताको हितमा कदम चाल्न अनुरोधका साथै दवाब दिन्छ भन्ने आशा गर्दछौ ।
कसरी गर्ने ?
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइलाई माथि उल्लेखित व्यहोरा समेटेर तपाइले छुट्टै आफ्नो मेलबाट इमेल गर्न सक्नु हुनेछ वा हामीले सोहि उद्देश्यका लागि सजिलोसँग मेल पठाउन मिल्ने गरि बनाएको वेबसाइट www.emailtopm.youthforblood.org को प्रयोग गर्न सक्नु हुनेछ । यसो गर्दा तपाइले पठाएको इमेल बाबुराम भट्टराईको इमेल आइडिमा मेल जाने गर्छ भने तपाइको डाटा हाम्रो डाटावेशमा समेटिने गर्दछ जसबाट कार्यक्रमको समापन हुदा कति इमेल पठाइयो भन्ने छुट्टिनेछ ।
कार्यक्रम कहिले देखि कहिले सम्म ?
कार्यक्रम मिति २०६८ मंसिर २४ (2011 Dec 10) गते शनिवार राति १२ बजेदेखि २०६८ पुस २ (2011 Dec 17)गते शनिवारसम्म ठिक एक हप्तासम्म संसारभरबाट आयोजना हुने छ ।
मेरो सहयोग के ?
यसमा तपाइको सहयोग अति आवश्यक छ । यो हाम्रो मात्र अभियान कदापी होइन । रगत सबैलाइ आवश्यक पर्छ अनि यो कसै एकको सरोकारको विषय पनि होइन । यस अभियानमा तपाइले आफ्नो तर्फबाट सहयोग गर्नका लागी हाम्रो अभियानबारे तपाइको फेसबुक, ट्विटर, मिग३३, मेरो पोस्टलगायतको सामाजिक सञ्जालका साथै तपाइको आफ्न ब्लग, वेबसाइटहरुको माध्यमबाट अन्य साथीहरुसम्म पुर्याउन सक्नु हुनेछ । यस अभियानमा जति धेरै साथीहरुको सहभागीता भयो उति नै सरकारलाइ दवाब पर्नेछ भन्ने आशा गरेका छौ ।
अन्त्यमा हामी सम्पर्क गर्न तपाइले www.facebook.com/groups/youthforblood मा हामीलाइ join वा yfbnepal@gmail.com मा इमेल पनि गर्न सक्नुहुनेछ । धन्यवाद
http://emailtopm.youthforblood.org
0 comments:
Post a Comment