आखिर यो फरक कहिले सम्म ?

आखिर यो फरक कहिले सम्म ?


- बिराट राय

दृश्य केहि भर्खरै सम्पन्न राष्ट्रिय क्रिकेट प्रतिगीयोताको हो ।

Paras Khadka batting vs. Baitadi in the final of Ntnl. T20
(Pic- Raman Siwakoti ) 
दृश्य १ :  भैरहावाका ब्याट्सम्यान फैजरुल रहमान शतकको नजिक थिए , टि.यु. मैदानमा उपस्थित लगभग २५०० दर्शकहरु उनको प्रत्यक चौका - छक्काहरुमा ताली र चिच्याहट वर्षाउदै थिए , एपिएफ क्लबका बसन्त रेग्मीको बलमा जब रहमानले चौका प्रहार गरे तब दर्शकहरुले सिट्ठी , ताली र चिच्याहटको ठुलै वर्षा गरे , फैजरुलले पनि दर्शकहरुको अविभादन कुनै अन्तरास्ट्रिय खेलाडीको भन्दा कम तरिकाले स्वीकार गरेनन ।आफ्नो ब्याट र हेल्मेटलाई आकासमा  फैलाउदै उनले आफ्नो उत्कृस्टता प्रदर्शन गर्न चुकेनन् । एपिएफ क्रिकेट टोलि बिरुद्धको उनको शतकले मैदानको माहोलनै तरंगित थियो जस्तो कुनै उत्सबको बातावरण ।

दृश्य २ : सोहि खेलको दोश्रो इंनिंग चल्दै थियो चाडैनै एपिएफले आफ्नो पहिलो ३ विकेट गुमाएपछि ब्याटिंग गर्न मैदानमा रास्ट्रिय टोलि तथा एपिएफ क्रिकेट टोलीका कप्तान पारस खड्का थिए जसले धरमराउला जस्तो एपिएफको पारीलाई सुरक्षित गन्तब्य प्रदान गर्ने काम गरे । पारसले आफ्नो अविजित अर्ध-सतकको माध्यमले टोलिलाई जित दिलाउन सफल भए ,  तर  एपिएफको जितमा मैदानमा कुनै बिशेष माहोल श्रिजना भएन , त्यहाँ न हर्ष थियो न रहस्य । अघिल्लो पारीमा रहमानको १-१ रनमा ताली पिट्ने दर्शकहरुमा उर्जा थिएन । पारस खड्काले छक्का र चौका वर्षा गर्दै अर्ध-सहत प्रहार गर्दा न दर्शकहरुले उनलाई अभिबादन गरे न पारसले कुनै खुसि देखाए ,लाग्थ्यो एपिएफ जित्दा जित्दै थाकेको थियो जित केवल औपचारिकता मात्रै थियो ।

आखिर यो फरक किन ?

एकदिवसीय रास्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलले नेपाली क्रिकेटको स्तर प्रस्ट झल्किन्थ्यो । भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरको बारेमा एन्डी फ्लावरको भनाइ मलाई यहाँ निर उदृत गर्न मन लाग्यो
" विश्वमा दुइ थरिका ब्याट्सम्यान छन , एक सचिन र दुइ अरु सबै " भलै प्रसङ्ग फरक होला तर  एन्डी फ्लावरको भनाइ संग तुलना गर्न मिल्ने नेपालको घरेलु क्रिकेट पनि त्यस्तै छ " नेपालमा दुइ थरिका क्रिकेट टोलि छन , एपिएफ र दुइ अरु सबै  "। किनकि एपिएफ संग तुलना गर्न मिल्ने नेपालमा अन्य टोलिनै छैनन् लाग्छ नेपालको घरेलु क्रिकेट प्रतियोगिता रास्ट्रिय क्रिकेट टोलि र अन्य टोलि बीचको प्रतिस्पर्धा हो ।

विभागीय टोलि एपिएफ क्लबले क्रिकेट टोलि बनाएर नेपाली क्रिकेटर र नेपाली क्रिकेटको लागि ठुलो गुण लगाएको छ ।  रास्ट्रिय टोलीका अधिकांश खेलाडीहरु अनुबन्ध गरेको क्लबले गर्दानै खेलाडीहरुले नियमित तलब र सुबिधा पाएका छन् , केहि भने पनि नेपालमा क्रिकेट खेलेरै आत्मनिर्भर बनाउन एपिएफ क्लबको योगदानको प्रसंसा गर्ने पर्छ । तर जति एपिएफको प्रसंसा गर्नु पर्छ त्यति नेपाल क्रिकेट संघको आलोचना , सधैको गरिब क्रिकेट संघ पैसाले मात्रै हैन मानसिकताले पनि गरिब छ ।
फर्ममा नरहेका एकजना नेपाली खेलाडीलाई किन टोलिमा स्थान दिइरहेको भन्ने प्रश्नको जवाफमा छनौट सम्बद्ध पदाधिकारीको जवाफ थियो " मलाई त्यसलाई प्रतिस्थापन गर्ने अर्को खेलाडी देखाऊ " । उनि गलत थिएनन् हामी संग रास्ट्रिय टोलिका खेलाडीलाई प्रतिस्थापन गर्न सक्ने खेलाडीको अभाब छ । किनकि खेलाडी निस्कने नेपालको घरेलु क्रिकेटको स्तर निकै तल छ , घरेलु प्रतियोगिता बाट राम्रा र नया खेलाडी निस्कने सम्भावना निकै कम ।
राष्ट्रिय प्रतियोगिता सकिए पछि कप्तान पारस खड्काले एउटा अन्तरबार्तामा भनेका थिए " "घरेलु क्रिकेटको संरचना परविर्तन हुनुपर्छ, अब यही संरचनामा विश्वकपको आशा गर्न सकिँदैन।" उनि जस्तै कोच पुबुदु दासानायके पनि घरेलु प्रतियोगिताको अबधि र स्तर बाट चिन्तित छन , तर नेपाल क्रिकेट संघ भने जस्ताको तस्तै छ ।
Pic. of year 2010 when national Cricketers boycott National league , who protest against CAN 's indifference towards the development of Nepali Cricket . ( pic - Nagarik ) 

जुन जोगी आए पनि कान चिरेका भने जस्तै क्रिकेट संघका पहिले र अहिलेका पदाधिकारीहरु आर्थिक अभाब देखाउने र स्तर बढाउने आस्वासन बाहेक केहि बाँड्न सक्दैनन् । वर्षा सिजनमा हुने घरेलु प्रतियोगिता हिउदमा सारेर मख्ख परेको संघलाई आफ्नो प्रतियोगिताको स्तर बढ्नु घट्नुमा वास्ता भए जस्तो लाग्दैन । ३ हफ्ता भन्दा पनि कम समयमा टि-२० र एकदिवसीय दुवै खाले रास्ट्रिय प्रतियोगिता हतार-हतार सकाउन क्रिकेट संघ हतारिदा प्रतियोगिता औपचारिकता पुरा गर्न मात्रै गरिएको हो कि भन्ने भान सबैलाई पर्ने गर्छ । बर्षमा गर्ने एउटै रास्ट्रिय प्रतियोगिताको यो हालतले नत प्रतियोगितामा प्रतिस्पर्धा हुन्छ न त प्रतिभा निस्कने सम्भावना नै । अनि कसरि दिन सक्छन त रास्ट्रिय खेलाडीले भरिपूर्ण एपिएफलाई चुनौती ?

डर ! लाग्छ सायद नेपालको हालत पनि केन्या जस्तै हुने हो कि ? २००३ को विश्व-कप क्रिकेटको सेमी-फाईनल यात्रा तय गर्न सफल केन्या क्रिकेट टोलिलाई जब २०१२ मा नेपाली क्रिकेट टोलिले माथ दियो तब आफ्नो देशमै र विश्वमा केन्या क्रिकेट टोलिको ठुलो आलोचना भयो । केन्याले आफ्नो घरेलु क्रिकेटमा ध्यान नदिदा होनहार अघिल्लो पुस्ताको प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन भएनन् जसले गर्दा आफ्नो बिगतको स्तरलाई निरन्तरता दिन सकेन । कतै केहि वर्षमा हाम्रो हालत पनि त्यस्तै त हुने हैन ? शक्ति गौचन , पारस खड्का र बसन्त रेग्मी जस्ता खेलाडीहरु भविष्यमा उत्पादन नहुने पो हो कि ?
नेपाली क्रिकेट टोलिले क्रिकेट खेलमा छोटो अबधिमै पाएको सफलताको कारण नेपालीहरुको लडाकु स्वभाब , जितको भोक र प्राकृतिक क्षमतालाई जान्छ । सुबिधा कम भए पनि स्तर  र आशाहरु निकै माथि भएको नेपाली क्रिकेट यो भन्दा माथि उकास्न अब पनि नेपाल क्रिकेट संघ सुस्ताउन हुँदैन । घरेलु क्रिकेटलाई मजबुत बनाउन प्रतियोगिताहरुको आयोजना र स्तर बढ्नु अत्यन्त जरुरि छ जसको लागि नेपाल क्रिकेट संघले प्रायोजक र अभिभाबक संस्थाहरुमा उचित पहल गर्न जरुरि छ । उपत्यका  बाहिर पनि क्रिकेटको स्तर वृद्धि हुन अत्यन्त जरुरि छ , जहाँ बाटनै प्रतिभाहरुको मूल फुटाउनु पर्छ ।
क्रिकेटनै नेपालको एकमात्र यस्तो खेल हो जसले नेपाललाई विश्वमा चिनाउन छोटो समयमानै सफल भएको छ र अझै ठुलो फड्को मार्ने सम्भावना भएको एकमात्र खेल पनि यही नै हो तसर्थ नेपाल क्रिकेट संघले यस खेलको महत्व दर्साइ यसमा लगानी र सहयोगको लागि सरकारलाई बिश्वासको बतारण बनाउनु पर्छ । यसो हुन सके मात्र नेपाली क्रिकेट टोलिले केहि समय यता अन्तरास्ट्रिय क्रिकेटमा पाउदै आएको सफलताले दिर्घ रुप लिन सक्ने छ ।
संधैको दैब भोरोषामा नेपाली क्रिकेटले ठुलो फड्को मार्ने कुरा दिवा-स्वप्न मात्रै हो अब पनि नेपाल क्रिकेट संघले घरेलु क्रिकेटलाई बेवास्ता गर्छ भने भबिस्यको पतनलाई कसैले रोक्न सक्ने छैन ।




1 comments:

Arun Upreti said...

things will change mate !!!

VYC via SMS

Send Us the Track

Send me your track