Posted by : Rupak Parajuli
![]() |
Google's Project Loon |
१) के हो Google’s Project Loon?
- Google’s Project Loon एउटा यस्तो अत्याधुनिक प्रविधि हो , जुन इन्टरनेट सर्च इन्जिन गुगलले अमेरिकाको क्यालिफोर्नियाबाट सूचना संकलनका लागि उडाइएको एउटा बेलुन हो | एउटा बेलुनले करीब ३० लाख उपभोक्ताकालागि यथेष्ट ईन्टरनेट सेवा दिनसक्ने अनुमान गरिएको छ।
२) किन त्यो नेपालको हुम्ला मै आएर अलपत्र पर्यो त ?
- अन्नपुर्ण पोस्टको आधारमा गुगलले उक्त बेलुन आफ्नै नियन्त्रणमा उडाए पनि उडिसकेपछि रोक्न नसकेको जानकारी बेलुनले यात्रा तय गरेका अन्य देशलाई समेत दिएको महाप्रबन्धक श्रेष्ठले बताए। क्यालिफोर्नियाबाट उडेपछि अनियन्त्रित हुँदै पाकिस्तानका विभिन्न क्षेत्र घुमेको उक्त बेलुन भारतको नयाँदिल्लीस्थित विमानस्थल टावरले नियन्त्रण गर्ने क्षेत्रमा प्रवेश गरेको थियो।
३) के हामीले माल पाएर चाल नपाएको हौ त ?
- हामीले google संग मिलेर यसबारे कुरा गरेउ भने सस्तोमा इन्टरनेट चलाउन सक्दैनौ र ? यसअगि google ले भारत संग मिलेर इन्टरनेट संचालन गर्ने कुरा गरेको थियो तर त्यहाँको नेता हरुको बिरोधले गर्दा सम्भव भएन |
४) कसरी सम्भव छ Google को इन्टरनेट संचालन गर्न ?
Google को स्याटलाइटकालागि नेपालले अर्थ स्टेशन राख्ने ठाउँ दिएमा , निशुल्क ईन्टरनेट गेट वे दिन सक्छन तर त्यसकालागि हाम्रा नेताहरुले यसबारेमा कुरा उठाउनै पर्छ | चुप लगेर बसेर केही नै हुदैन | Google ले आएर तपाईलाई हामी free मा इन्टरनेट उपलब्ध गराउछौ त पक्कै भन्दैन होला ?
To know more about Google Project Loon. Here is the video:
0 comments:
Post a Comment