आमा - शुभदीप पाण्डे

आमा - शुभदीप पाण्डे

आमा तिमी कति ज्ञानी
Shuvadeep Pandey with his letter after the
ISL letter Writing Session in his school
संघर्ष गर्यौ दिन रात नभनी
दु:ख दिए होला मैले जानी नजानी
तर माफ गर्यौ यस्तै हो सन्तान भनी ।।

गाँस काटेर तिमीले खाना खायौ
भोक साँचेर तिमीले माया बनायौ ।
म आफ्नै लागि बाचौँ या देशका लागि
म कस्तो मान्छे बन्नुपर्छ तिमीले बतायौ ।।

राम्रा राम्रा कुरा सिकाइ
प्रेरणा दियौ ठुलो मान्छे हुने ।
बुझ्दै छु तिम्रा कुरा
म लक्ष्य लिन्छु चन्द्र छुने ।।

ज्ञानगुनका कुरा सुनायौ
कहिल्यै झर्को नमानी
पालना गर्दै तिम्रा कुरा
बन्नुछ मलाई हामी ।।

तिमी नै भगवान
तिमी नै प्रेरणा कि खानी ।
आमा तिमी कति ज्ञानी
आमा तिमी कति ज्ञानी ।।

This poem was written by Shuvadeep Pandey from Bhanubhakta Memorial School who was a participant for Katha Bunaun V  organized by Canopy Nepal in his school. He is also a club member of Canopy Club- Bhanubhakta Memorial School. This poem was also published in Kaligandaki Khabar on Chaitra 21, 2076. 

0 comments:

VYC via SMS

Send Us the Track

Send me your track