नेपाली क्रिकेट र अचम्मका समर्थकहरु

नेपाली क्रिकेट र अचम्मका समर्थकहरु

भर्खरै सम्पन्न एशिया कप यु-१९ पछि , सधै झैँ यसपाली पनि नेपालले बेहोरेको असफलता पछि धेरै जना कराए , धेरै लाई गाली गरे , सबैलाई गाली गरे । 
गालीमा कुनै किसिमको भिन्नता थिएन र गालीले केहि भिन्नता ल्याउने झिनो आशा बाहेक अरु केहि छैन पनि ।
म भने , पर बसेर टुलु टुलु हेरी रहें ,त्यही गर्नुनै सहि लग्यो  ।

यी कराउनेहरु यस्तै हुन् , १-२ दिन तात्छन … मजाले तात्छन … फेरी सेलाउछन .. अनि फेरी तात्नेछन ।

न त क्रिकेट संघ ( क्यान ) लाई गाली गरेर , ओ हो !! भनेर केहि गर्ने हुन् , नत.. खेलाडीहरुलाई गाली गर्ने ठाउँ नै छ  ।
खेल्नको लागि सबै बातावरण मिलाईदिएको भएपो , खेलेन भनेर कराउन पनि जाएज हुन्थ्यो होला र
खेलाडीलाई कराए उल्टै आफैतिर प्रश्न तेर्सिन्छ।
क्रिकेट संघ त बैरो , अशक्तनै भै हाल्यो , आफ्नो मुख दुखाउनु बाहेक केहि उपलब्धि हुने हैन ।

तै पनि …. नेपालका समर्थकहरु निकै मज्जाका छन  , 

प्रधानमन्त्रि बाबुराम भट्टराईले संबिधानसभा विघठन पछि शान्त देखिएका नेपालीहरुको अचम्मको बानीलाई भनेका थिए :-
” नेपालीहरुको आबेशमा आइ हाल्ने र तुरुन्तै शान्त हुन सक्ने अचम्मको बानी छ “
हो नेपाली क्रिकेट प्रेमीहरु पनि त्यस्तैनै छन ।

प्रत्येक नया प्रतियोगिता संगै , नेपाली टोलीले केहि गर्ला भन्ने आशा भने समाप्त हुदैन हामी समर्थकहरुको , हार्दा जति कराए पनि , जति मन दुखे पनि , फेरी अर्को प्रतियोगिता संगै सबै जना एकजुट भएर नेपाललाई समर्थन गर्नेको संख्या भने कहिले कम हुदैन ।
प्रत्यक रन , प्रत्यक विकेट संगै ” नेपाल -नेपाल ” भनेर कराउनेहरुको संख्या कहिले नसेलाउने ।

नेपालले आज भन्दा १० बर्ष अगाडी पनि यस्तै क्रिकेट खेल्थ्यो , हार्यो भने दोष क्रिकेट संघलाईनै लगाईन्थ्यो , क्रिकेट मैदान छैन , अभ्यास भएन , खेलाडीहरुलाई सुबिधा भएन ,क्रिकेट ब्यबसाइक भएन , प्रतियोगिताहरुको कमि भयो यस्तै यस्तै ..

खै अहिले पनि के बदलिएको छ र ???
खेलाडीहरुको अवस्था उस्तै छ , क्रिकेट संघलाई अहिले पनि गाली गर्नेहरुको जमात घटेको छैन ,खै बन्न सकेका ,खेलाडीहरु ब्यबसाइक , खै त नया क्रिकेट मैदान ? , खै त प्रतियोगिता ??

भनिन्छ  - ” माया गर्नेलाईनै गाली गरिन्छ ” हो त्यो माया नेपाली खेलप्रेमी , क्रिकेट प्रेमीहरुमा कहिले मर्ने छैन ।
” जसो गर , जे भन , जता सुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो “
हो यो गानाको शब्द जस्तै नेपाली क्रिकेट समर्थकहरु .. जस्तो सुकै परिस्थितिमा पनि , जुनसुकै अवस्थामा पनि नेपाल – नेपाल भनेर चिच्याई रहन्छन … रही रहनेछन  ।

जय !!! नेपाल , जय !!!!!! नेपाली क्रिकेट

Originally Posted in :







Birat Jung Rayamajhi 

Birat Raya known to be one of the avid criket fans of Nepali Cricket team, himself too plays for Kathmandu team in some national selection tounaments. Also, one of such closest to Nepali cricket he is too known as the most updated and an avid follower. Being an admin of the most popular facebook group Nepali cricket fans on facebook he is also a well known blogger through his personal blog biratraya.blogspot.com.
Write and share feedback's to him at : cricketbirat@gmail.com

0 comments:

VYC via SMS

Send Us the Track

Send me your track