आइ वान लभ यु एभ्री डे ..... :)

आइ वान लभ यु एभ्री डे ..... :)

सन्डे मार्निंग लभ यु , सन्डे मार्निंग लभ यु .. आइ वान.. लभ यु एभ्री डे .....

सुरुमा सुन्दा सबले गानाको चर्चा गरेको देखेर यो गाना हेरियो-सुनियो ..... 


मलाई संगीतको सुर-ताल को ज्ञान त छैन ... मलाई थाहा छैन यो गित गाउने मान्छेले संगीत जानेका छन् कि छैनन् तर यो गानामा अचम्म ! को शक्ति छ l यसो अल्छि लाग्या बेला यो गाना सुन्यो भने ... एकाएक हाँसो फुर्छ .. नया जाँगर आउछ ...
। 

यो मायाको खडेरी परेको बेला यो गाना सुन्दा ... आहा ! म पनि उनि जस्तै प्रेमी हुन पाए जस्तो पनि लाग्छ ... अनि फेरी गाना सुनी हाल्छु ...
। 

यी गायक को त झन् जति तारिफ गरे पनि कम हुन्छ , यहाँ मान्छेहरुमा यति अहंकार छ कि या भनौ हिनताबोध छ कि , सबै कुरा पर्फेक्ट गर्नु पर्छ l यी गायकले देखाई दिएकि सबैले मन पराउन एकदम जान्ने हुनु पर्दैन ... मन बाट तिम्रो जे छ त्यही गर्यो भने सबैले मन पराउछन् l कति सरल छ इनको गाना ... अनि गाना गाउदा म बच्चा भाको महसुस गर्छु ... आफैलाई बिर्सने गरि
। 


गित गाउन गायक नै हुनु पर्दैन , हामी सबैले गित गाइराका हुन्छौ .. अझ गित गाउनेहरु गित नसिकेका नै बढी हुन्छन , हामी जस्तैले त हो नि गाना गाउने , अनि हामि जस्तो मान्छेको गित पनि त सबले मन पराउने हुन सक्दो रैछ
। ओ हो ! उनको नाचको त झन् के कुरा .... मलाई नाच्न व्यक्तिगत रुपमा निकै गार्हो लाग्छ र सबैको अगाडी देखाएर नाचेको कमै छु तर म ठोकेरै भन्न सक्छु मैले नाचे भने पनि त्यो भन्दा राम्रो चै मरे पनि हुँदैन । नाच्न कति जनालाई नै पो आउछ होला र यहाँ ? अरुकै कमेन्ट गरेर बस्ने न हो , आफु नाचे भने हालत त्यस्तै हो । 

अनि प्रेमिकालाई तारा झर्छु भनेर भन्ने गफाडीको गफ त थाहा छदै छ त्यो सब ढोंगीहरु हुन ... यिनको गानामा कति सरलता छ , जे देख्यो , जे गर्न सक्छु भन्यो त्यही भन्दै छन् l अझ सधै माया गर्ने चाहना मात्रै छ भनेका छन् , कति मिठो संग अनुरोध गरेका छन् प्रेमिका लाई l केटि लाई इम्प्रेस गर्न ठुलो ठुलो कुरा सोच्नेहरु यो गाना सुन्नुस अनि गुनगुनाउनुस .... त्यही केटि चाहिन्छ नभन्नुस .... निस्वार्थ तरिकाले गरेको प्रेम पो प्रेम ... गायकको प्रेम हेर्नुस त ... माया गर्न चाहन्छु भनेका छन् , गर्छु भनेका छन् ... बापसमा केहि नमागी
। कस्तो साचो माया ... यो स्वार्थी दुनियामा कसले गर्नु यस्तो प्रेम ?

हेहे !!! कति तारिफ गर्नु गरेको गर्यै हुन्छु ... त्यो भन्दा फेरी एकपटक यही गाना सुन्छु , गुनगुनाउछु ... आइ वान लभ यु एभ्री डे ....



By Birat Rayamajhi

0 comments:

VYC via SMS

Send Us the Track

Send me your track